१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालगञ्ज बसपार्कबाट साढे २९ लाख रूपैयाँ सहित १० जुवाडे पक्राउ



बाँके– बाँके प्रहरीले साढे २९ लाख रूपैयाँ सहित १० जुवाडेलाई पक्राउ गरेको छ। नेपालगंज बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा जुवातास खेलीरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राती छापा मार्दा साढे २९ लाख नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले वलीको घरमा खानतलासी गर्दा सन्तोष थापा समेतका १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका ४ बस्ने सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नविन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन्।

उनीहरुलाई हारजित हुने गरी कटपट्टी तास खेलीरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट २९ लाख ४८ हजार सातसय रुपैया समेत बरामद भएको छ।

पक्राउ परेका १० जना विरूद्व जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !