१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आज देशभर २३६४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस !