१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रामचन्द्र काफ्लेको ‘यो तिहारैमा’ बोलको गीतको भिडियो दर्शकमाझ



काठमाडौं–गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको जोडीले तिहार नजिकिँदै जाँदा ‘यो तिहारैमा’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । गीतमा राजकुमार बगरको शब्द, रामचन्द्र काफ्लेको संगीत र सरोज लामाको एरेन्ज छ । विधान कार्की निर्देशित भिडियोमा सुधिर श्रेष्ठ, चक्र बम, गरिमा शर्मा, रुबिना अधिकारी, अस्मिता पन्त, वसन्त अधिकारी, पल्पसा डंगोल फिचर्ड छन् ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, माधव शर्माको सहायक निर्देशन छ । भिडियोका कार्यकारी निर्माता रायन रेज हुन् ।


प्रतिक्रिया दिनुहोस !