१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काश्मीरमा भाजपाका नेता हुसैनसहित ३ जनाको गोली हानी हत्या



काठमाडौं : कार्तिक १४, दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीहरूले भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको गोली हानेर हत्या गरेका छन् । फिदा हुसेन कुलगम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसँगै मजदुर उमर रशीद बेग र उमर रमजान हजम पनि मारिएका छन् । एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुईजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार हुसैन कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए । उनी काजिगुन्ड भन्ने ठाउँमा बस्थे । आतंकवादीहरू एक गाडीमा आएका थिए, फिदालाई कारमै गोली हानेर उनीहरू भागेको बताइएको छ । सरकारी सुरक्षाकर्मीले अहिले आक्रमणकारीको खोजी तीव्र पारिरहेको जनाएका छन् ।

द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो ।चार महिनाअघि भाजपा नेता वसीम बारीको पनि बांदीपोरामा हत्या गरिएको थियो । यस आक्रमणमा उनका बुबा र भाई पनि मारिएका थिए । वसीम बन्दीपोरा जिल्लाका भाजपा अध्यक्ष पनि थिए ।


प्रतिक्रिया दिनुहोस !