१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ



बर्दिया- बर्दियामा २३ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ४ का ३२ वर्षीय गौना थारु छन् ।

गौनाले ती युवतीलाई सोही नगरपालिका ४, पदनाहामा बलात्कार गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !