३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

कोरोना भाइरसको महामारीपछि एक दर्जन पदमार्ग खुला



काठमाडौं- कोरोना भाइरसको महामारीपछि खुलेको पदयात्राका लागि एक दर्जन गन्तव्य सहज बनेका छन् । सरकारले १७ अक्टोबरबाट विदेशी पर्यटकले समेत पदयात्रा गर्न पाउने गरी खुला गरेको थियो ।

त्यसयता १२ वटा गन्तब्य पर्यटकका लागि सहज बनेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । तर, हिमाली क्षेत्रमा साविकका केही निषेधित क्षेत्रमा भने अहिले पनि पर्यटकको प्रवेशमा प्रतिवन्ध कायम रहेको छ ।

टानकी महासचिव सरिता लामाका अनुसार पदयात्राका दौरान पर्यटक र पर्यटन व्यवसायीले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड भने पालना गर्नेपर्छ । त्यसमा पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने प्रावधान छ । तोकिएको दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्छ । पदयात्रीले पदयात्रा अनुमति पनि लिएको हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !