३० बैशाख २०८१, आईतवार
 |   Sun May 12 2024
Logo

महंगो पर्दै रअ प्रमुख गोयलसँगको भेटघाट, ओलीलाई बर्खास्त गर्ने प्रचण्ड-नेपालको तयारी



काठमाडौं : कात्तिक १४, तिहारपछि प्रधानमन्त्री एवं सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली बिरुद्ध प्रचण्ड र नेपाल समुह मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्नुका साथै अध्यक्षबाट पनि हटाउने गोप्य तयारी गरेको थाहा पाएपछि ओलीले आफ्ना दूतहरुलाई दैनिकजसो खुमलटार पठाउन थालेका छन् । प्रधानमन्त्री ओली निकटका परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव पेश भऐपछि नेपाल र प्रचण्ड मिलेर त्यो संकटलाई टारेका थिए ।

कर्णालीमा असफल भएका ओलीले त्यसको प्रतिशोध साध्न मन्त्रिपरिषद पुनर्गठनमा आफ्नो गुटका नेताहरुलाई मात्र समावेश गरेका थिए । त्यसपछि प्रचण्ड र नेपालले ओली कहिल्यै नसुध्रिने भएकाले प्रधानमन्त्री र अध्यक्ष पदबाट गलहत्याउने योजना बनाएको सत्तारुढ नेकपाको उच्च स्रोतको दाबी छ ।

रअ प्रमुखसँगको भेटपछि पार्टी भित्र भूकम्प
केह िदिन अघि भारतीय खुपिया एजेन्सीकाप्रमुसँ प्रधानमन्त्रीओलीले गरेको भेटघाट पछि सत्तारुढ पार्टीमा ठूलो भूकम्प गएको छ । इण्डो पश्चिमा राजनीतिक योजना अनुसार प्रधानमन्त्री ओलीले शक्तिको प्रयोग गरी नेपाल र प्रचण्डलाई तह लगाउने योजना बनाएको सत्तारुढ पार्टीमा चर्चा चलेको छ । त्यही योजनालाई कार्यान्वयन गर्न गोयललाई बालुवाटार बोलाएर वार्ता गरेको नेपाल समुहका एक नेताको दाबी छ । भारतीय गुप्तचर संस्था रअ निकट मानिने प्रचण्ड र नेपाललाई तह लगाउन ओलीले रअ प्रमुख गोयललाई बालुवाटारमै वार्ता गरेपछि प्रचण्ड र नेपाल समुह आतंकित बनेको र ओलीलाई तह लगाउन अविश्वासको प्रस्ताव ल्याउने उच्च स्रोतको दाबी छ ।

पर्सा हत्याकाण्ड
पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रचण्ड बालुवाटार गएका छैनन्। कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुन सकेको छैन । मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि प्रचण्ड जान नचाहेको उनीनिकट स्रोत बताउँछ । यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए। त्यस्तै बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

भेटमा ओली निकट नेताहरुले प्रचण्डलाई अविश्वासको प्रस्ताव नल्याउन आग्रह गरेपनि प्रचण्डले कुनै पनि जवाफ दिएका छैनन् । ओलीले आफ्नो राजनीतिक अस्तित्व नामेट पार्न सत्ताको प्रयोग, विदेशीहरुसँग साँठगाठ र कार्यकर्ताको भौतिक रुपमै सफाया गर्न थालेपछि प्रचण्ड र नेपाल समुह ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट गल हत्याउने योजनामा लागेको हो । पर्सामा ओली समुहले पूर्वमाओवादीका चौरसियाको हत्या गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !