१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पुन: लकडाउन गरेमा राजस्वको लक्ष्य पूरा गर्न नसकिने



काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य सरकारले निर्धारण गरेका छ ।

अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमण ज्यादै बढेर पुनः बन्दाबन्दीको अवस्था नआएमा लक्ष्यनजिक पुग्न सकिने प्रतिक्रिया दिएका छन् । ‘आर्थिक गतिविधि बढ्दै गएमा राजश्व सङ्कलन सहज हुन्छ । साथै म राजश्व सङ्कलनका लागि राजश्व चुहावट नियन्त्रण र राजश्वको दायरा फराकिलो बनाउनेतर्फ पनि ध्यान दिनेछु,’ पौडेलले भने ।

उनले आर्थिक अनुशासन र मितव्ययिता आफ्नो प्राथमिकता रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !