१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बाजुरामा जिप दुर्घटना, एक बालकको मृत्यु र दुईजना घाइते



धनगढी– बाजुरामा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन्। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्यामा फालासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जिप दुर्घटना हुँदा सोही ठाउँका चार वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जिप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !