१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गाउँपालिका प्रमुखलाई नै कोरोना पुष्टि भएपछि हुप्सेकोट गाउँपालिका कार्यालय ५ दिनका लागि बन्द



कावासोती- पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवि पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाका अनुसार गत कार्तिक १३ गते ४९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएकोमा अध्यक्ष पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुने अन्यमा गाउँपालिकाका ४ जना कर्मचारी ,१ जना शिक्षक, १ जना प्रहरी र १ जना स्थानिय किशोरी रहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टि भए पनि संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिईन । पाण्डेले आफुसंग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन अनुरोध गर्दै गाउँबासिलाई उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाउन समेत अपिल गरिन ।

यसैविच गाउँपलिका अध्यक्ष सहित स्वास्थ्य शाखाका प्रमुख लाई संक्रमण देखिएपछि हुप्सेकोट गाउँपालिका कार्यालय पाँचदिनका लागी बन्द गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू ५ दिनका लागी भोलीदेखि नै बन्द हुने बताए ।


प्रतिक्रिया दिनुहोस !