१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सरकारले पोट्री उत्पादनको मुल्य निर्धारण नगर्दा मारमा नेपाली किसान



नेपाल सरकारले कृषि उत्पादनको मुल्य निर्धारण नगर्दा उत्पादन गर्ने किसान मारमा परेका छन् । कृषिको उत्पादन गर्ने एउटा र बजारको भाऊ तोक्ने अर्को वा उपभोक्तामा पुर्याउने बिचौलियाका कारण नेपाली किसानहरु मारमा परेका छन् । यसले कृषि उपज वस्तुमा उत्पादन र उपभोक्ताबीचमा अन्तरविरोध बढाएको छ । अर्थात् उत्पादक किसान र बजार मुल्यको बीचमा ठूलो ग्याप देखापरेको छ । किसान आफैले आफ्नो उत्पादनको मुल्य आफैले निर्धारण गर्न नसक्दा बिचौलियाहरुको मालामाल भएको छ । उत्पादीत वस्तुको भाउ तोक्ने, मल, बीउ, दाना र चल्ला वितरण र मुल्य निर्धारण विचौलिया र उद्योगीहरुले गरिरहेका छन् । जसका कारण नेपाली बजामा कृषि उपज वस्तुको किसानहरुले उचित उत्पादित मुल्य पाएका छैनन् । यसले किसान र उपभोक्ता बीचको सम्बन्ध टुटेको छ ।

व्यापारीहरुले आफूलाई अनुकूल हुने गरी बजार भाउ निर्धारण गर्दा उत्पादीत किसान मारमा परिरहेका भएपनि सरकार भने मुखदर्शक बनिरहेको छ । जब किसानले उत्पादन बढाउछ, त्यस अवस्थामा बिचौलियाहरुले बजार भाउ घटाउछ । त्यसपछि किसानबाट सस्तोमा उत्पादन खरिद गरी स्टोर वा कोल्ड स्टोरमा लुकाई महंगोमा बेच्ने गर्दछन् । किसानको उत्पादनको मुल्य घटनाउन व्यापारी तथा उद्योगीहरुले बिचौलियासँग सहकार्य गर्ने गरेका छन् । किसानले अत्याआवश्यक वस्तु अभाव गराउने, बजारमा मल दाना चल्ला वीउ अभाव गराएर उत्पादन घटनाउने वजारमा कृतिम अभाव गराउने, भाउ बढाउने, आफूले स्टोर गरेर राखेको सामान बजारमा पठाउने गरी कालो धन्दा चलाएको छ। यो नेपालको दुध बाहेक सम्पुर्ण कृषि उपज वस्तुमा पाइएको छ। त्यसमा पनि अहिले पोल्टी व्यावसायमा यसको प्रभाव बढी परेको छ । नेपालमा केही समय पहिलेदेखी पोल्टी जन्य वस्तु आत्मा निर्भर भएको पाइन्छ। तर यो सञ्चालन गर्ने कचा पदार्थ अन्य राष्ट्रबाट खपत गर्नु पर्दा बेला बेलामा संकट झेल्न पर्ने अवस्था देखिएको छ । यसमा पनि मासु अण्डाको भाऊ सरकारले निर्धारण नगरी उद्योगी व्यपारीलाई दिँदा व्यापारीले आफूखुसी बोईलर कुखुरा र अण्डाको भाउ निर्धारण गरिरहेका छन्।

लेखक : हरी श्रेष्ठ

यस्ता बस्तुको वजार भाउ, सरकारले निर्धारण नगर्दा ठूला व्यावसायी भनेर चिनिने भ्याली कोलस्टोर, चिकेन हाउस लगायत ठूला व्यावसायले भाउ निर्धारण गर्ने, पोल्टी सप्लायर्स, नेपाल हेचरी उद्योग, नेपाल पोल्टी कल्याणकारी संघ, नेपाल व्यावसाय संघ, नेपाल अण्डा उत्पादन संघ नेपाल दाना उद्योग संघबाट बजार कृत्रिम अभाव गराउने गर्छन्। यसले नेपाली किसानले उत्पादन मासु अण्डा सस्तोमा बेच्न बाध्य भएका छन् । किसानको उत्पादित वस्तुको भाउ घटाउने र खरिद गरी स्टोर गरी थुपार्छन् । किसानको खोर रित्याउने र कृतिम अभाव गराएर आफूले स्टोर गरेको वस्तुको मुल्यमा बजारमा पठाउने गरेको छ । यसले नेपाली किसान मारमा परेका छन, भने व्यापारी मालामाल भ्एका छन् ।

नेपालमा बोइलर कुखुराको मासु अण्डा आत्मनिर्भर भएको छ । केही समय अगाडी बाहिरबाट आयत हुने मासु र अण्डा आज नेपालमा साना ठूला किसान पोल्टी व्यावसायमा आकर्षण भएका छन् । यसले देशलाई आत्मनिर्भर बनाउनुको साथै आय अर्जनमा टेवा पुर्याएको छ । सानो लगानी र सानो ठाउँमा पनि काम गर्न सकिने र छिटो आम्दानी हुने भ्एपछि किसान यो पेशामा आकर्षण भएका छन्। साधारणतया सुरू गरेको ३५ दिनबट तयार भएका कुखुरा ६० दिन भित्र व्यवस्थापन गरिसक्नु पर्छ, भने अण्डाकोलागि छिटै आम्दानी नभए पनि आम्दानी हुन थालेपछि लगातार हुने गर्छ । यसैकारणले किसानको आकर्षण बढ्नको देखिन्छ ।

यसरी आकर्षण हुदै आएका पोल्टी किसानले देशलाई आत्मा निर्भर बनाइरदा पोल्टी बिचौलियाका कारण हात धुन पर्ने नहोला भन्न सकिन्छ । यसले आत्मनिर्भर भएको पोल्टी फेरी पर निर्भरमा जाने खतरा हुन सक्छ । यसको कारण पोल्टी सम्बन्धी वस्तु सरकारले आफू निर्धारण नगरी निजी कम्पनीलाई उद्योग कोलस्टोर, हेचरी पोल्टी सप्लार कल्याणकारी संघ, नेपाल कुखुरा वजार व्यावस्थापन संघ दाना उद्योगी संघ लगाएत संस्थालाई मुल्य निर्धारण गर्न दिँदा पोल्टी अन्तरगत अण्डा मासुको बजार भाउ अस्थिर हुने गरेको छ ।

यी बिचौलिया ले किसानको उत्पादन बढ्दा बजार भाउ घटाउने, उत्पादीत कुखुरा अण्डा समयमा न्उठाउने दाना औषधिबाट फाइदा लुट्ने र उठाए पनि सस्तोमा उठाई भुक्तानी राक्ने किसानलाई आर्थिक अभाव गराउने किसानको खोर रिताउने बजारमा अभाव सिर्जना गराए जस्तो गराएर भाउ बढाउने आफूले स्टोर गरेको वस्तु वजारमा पठाउने गरिएको पाइन्छ। यस्ता काम ठूला ठूला भ्याली कोल्लस्टोर, नेपाल हेचरी उद्योग, चिकेन हाउस जस्ता कम्पनीको बदमासीका कारण किसान मारमा परेका छन।

सरकारले पनि यी बिचौलियाका हातमा दिदा विचौलियाको रज़ाई भएको छ। वजार भाउ आफै तोक्ने किसानलाई चाहिने कच्चा पर्दाथ दाना, चल्ला, औषधि आफै सप्लार गर्ने भएपछि यिनको दुबै हातमा लड्डू छ भने किसान रिनमाथि रिन बोक्न बाध्य भएका छन् । जहाँ किसानले बोलरको चल्ला हालेको ३५ दिनमा तयार हुन्छ ६० दिनसग उठाई सक्नु पर्ने कुखुरा ७० ८० दिनसम्म नउठाने दाना र औषधिबाट फाइदा लुट्ने गरेको पाइन्छ। ६० दिन कटेपछि कुखुराको तौल नबढ्ने दाना भने डबल खाने भ्एपछि किसानले घाटा खाएर भए पनि बेच्न बाध्य हुन्छन । व्यापारीहरुले नाफा कमाउन दाना औषधिबाट फाइदा लुटी बजार भाउ घटाउन लाग्छ, किसानको उत्पादन भुक्तानी बाकी राखी सस्तोमा उठाई थुर्पाने गर्छन्।

व्यापारी नाफामा, किसान ऋण माथि ऋण थुपारेर फार्म संचालन गर्न वाध्य भएका छन् । त्यति मात्रै होईन, किसानले उत्पादन ४ तह पार गरेपछि मात्रै उपभोक्तामा पुग्ने गर्छ। किसान, कोल्डस्टोर, मासु पसल, उपभोक्ता गरी वितरण गरिन्छ । यसरी तिरणमा किसान र उपभोक्ताको सम्बन्ध नै देखिदैन । यसले नेपालका किसानको जगेर्ना गर्न र देशलाई आत्मनिर्भर बनाउने हो भने कृषि उपज वस्तुको भाउ सरकाले निर्धारण गर्न जरुरी देखिन्छ। कृषि उत्पादन आवश्यक पर्ने कच्चा पर्दाथदेखि औषधिको मुल्य आफै निर्धारण गरी किसानलाई आत्मनिर्भर बनाउन उत्पादन वस्तुको मुल्य सरकारले नै निर्धारण गरी समय भुक्तानी गर्ने व्यवस्था गर्नु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !