१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रचण्डले पूर्वएमालेमा खेल्न खोज्दा पार्टी फुटको संघारमा पुग्यो : पोखरेल



काठमाडौं : कात्तिक १७, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व एमालेभित्र प्रचण्डले खेल्नखोज्दा पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् । प्रचण्डलाई इंगित गर्दै नेता पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको भन्दैसोमबार ट्वीट गरेका छन् । पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दूर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका हुन् ।

‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूह भित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दूर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’ पोखरेलले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !