१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पूर्व सभामुख महराका धर्मपत्नी सीता महराको निधन



काठमाडौं- पूर्व सभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महाराकी धर्मपत्नी सीता महराको बुधबार विहान निधन भएको छ । उहाँ शुक्रबारदेखि थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएकाबेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ पनि देखिएको थियो। शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान निधन भएको अस्पतालले पुष्टि गरेको छ । महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !