१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतीय सेनाका प्रमुख नरवणे आज नेपाल आउँदै, मानार्थ महारथी दिने निर्णयको विरोध



काठमाडौं : कात्तिक १९, भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार (आज) नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आउँदै छन् । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिने कार्यक्रम छ । तर नेपालमा नरवणेको भ्रमण र मानार्थ महारथीको उपाधि दिने सरकारको निर्णयको विरोध भईरहेको छ ।

केही दिन अघि २१ वटा वाम राजनीतिक पार्टीहरुले संयुक्त विज्ञप्ति जारी गर्दैै नरवणेले नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै नेपाललाई चीनले उचालेको जस्ता अभिव्यक्तिसमेत दिएका थिए । नरवणेलाई मानार्थ महारथीको उपाधि नदिन ९१ जना पत्रकार तथा लेखकहरुले पनि सरकारसँग माग गरेका छन् । लामो समयदेखि भारतले नेपालको आन्तरिक राजनीतिमा दख्खल दिँदै आएको विश्वास गरिन्छ । तर नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार हुने सरकारको अपेक्षा छ । भारतीयले पनि नरवणेको भ्रमणपछि दुई देशको सचिवस्तरिय वार्ता गर्ने संकेत गरेको छ ।

नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !