१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नरवणेको नेपाल भ्रमणको विरोधमा माईतीघर मण्डलामा २१ दलको प्रदर्शन



काठमाडौं : कात्तिक १९, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणको विरोधमा २१ राजनीतिक संगठनहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका नरवणेलाई सम्भावित विरोध प्रदर्शन छल्दै रिङरोडको रुट हुँदै सोल्टीहोटल पु¥याइएको छ । नरवणे भ्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका २१ राजनीतिक संगठनका नेता कार्यकर्ताहरुले काला झण्डा पहराउनुका साथै भारतीय विस्तारवादी हस्तक्षेप र दलाल शासकहरुको विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरुले ‘भारतीय सेना कालापानी छोड’को नारा चर्को रुपमा घन्काएका थिए । त्यस्तै प्रदर्शनकारीहरुले भारतीय सेनालाई दिइने नेपाली सेनाको महारथीको पदवी खारेज गर भन्दै चर्को नाराबाजी गरेका थिए । विरोध प्रदर्शनलाई आयोजकहरुको तर्फबाट नेता लोकनारायण सुवेदीले सम्बोधन गरेका थिए । नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका थिए । नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको रहेको छ ।

नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकृतहरुले गरेका थिए । त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ । नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको छ । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।


प्रतिक्रिया दिनुहोस !