१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु



काठमाडौं : कात्तिक २०, बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !