१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विद्युत प्राधिकरणका इन्जिनियर १० लाख घुससहित पक्राउ



काठमाडौं– मकवानपुरको हेटौंडाबाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियरलाई १० लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

आयोगको हेटौंडा टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रकमसहित नियन्त्रणमा लिएको हो।

हेटौंडा–१० बसपार्क मेगा होटलमा घुसरकम सहित नियन्त्रणमा लिएका जैसवालमाथि अनुसन्धान थालिएको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !