१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोनालाई जिते पूर्व स्वास्थ्य मन्त्री गगन थापा दम्पत्तिले, अब प्लाज्मा दान गर्ने घोषणा



काठमाडौं–नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्लाज्मा दान गर्ने भएका छन् । कोरोना संक्रमण भएर निको भएका भएका व्यक्तिको प्लाज्मा जटिल अवस्थामा पुगेका कोरोनाका विरामीको उपचारमा सघाउ पुग्छ । कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देएिकाले प्लाज्मा दान गर्ने निर्णय गरेको उनले बताए ।

थापासहित उनकी पत्नी अन्जना के.सी.ले पनि प्लाज्मा दान गर्ने निर्णय गरेको जनाएका छन् । थापा दम्पत्ति कोरोना संक्रमण भएर केही दिन अघि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमितको उपचारमा सहयोग पुगोस भनेर कांग्रेसका अर्का नेता प्रदिप पौडेलले सुरु गरेको प्लाज्मा एप्समा आफ्नो नाम दर्ता गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । रक्तदान जीवनदान भन्ने नारालाई सघाउ पु¥याउन पौडेलले एप्स सुरु गरेका छन् ।

कोरोना मुक्त भएकाले प्लाज्मा दिन चाहे उक्त एप्समा नाम दर्ता गर्न सक्छन् । त्यहाँबाट सम्पर्क गरेर प्लाज्मा आवश्यक पर्ने विरामीले लिन सक्छन् ।


प्रतिक्रिया दिनुहोस !