१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओलीले प्रचण्डसहितका ५ सचिवालय सदस्यहरुलाई बालुवाटारबाट थर्काएर पठाए



काठमाडौं : कात्तिक २२, सत्तारुढ नेकपाभित्रको विवाद चर्किएकोे बेला भारतीय गुप्तचर संस्था रअ प्रमुख मनोजकुमार गोयलको नेपाल भ्रमणपछि सो पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी गम्भीर मोडमा पुगेपछि एकतालाई बचाउनका लागि भन्दै ५ सदस्यीय सचिवालयको पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्यो । बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन आग्रह गर्यो । बैठकको निर्णय अनुसार कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाइनुपर्ने लगायतका माग राख्दै लिखित पत्र बुझाउन प्रधानमन्त्रीलाई बालुवाटार पुगे । नेताहरुले सामूहिक अनुरोध गर्न बालुवाटार पुगेपछि ओलीले प्रचण्डसहितका नेताहरुको सातो लिएका छन् ।

आक्रामक रुपमा प्रस्तुत भएका ओलीले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै पाँचै जनालाई थर्काको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘म बैठक बोलाउन्नँ । किन बोलाउने रु मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल पार्न खोज्ने ?’ मलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको छ, जनमतको अपमान नगर्न साथीहरुलाई आग्रहगर्छु ओलीले भने ।

ओली कड्किएपछि प्रचण्डले ओलीको प्रतिकार गरेका थिए । गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको प्रचण्डले जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए । बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । अन्तिममा विवाद र आरोप प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीमै अघि बढ्नुपर्ने र यसमा ओली सहमत हुनपर्ने भन्दै ५ नेताहरु उठेर हिँडेका थिए ।


प्रतिक्रिया दिनुहोस !