१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाईते, उपचारका लागि सुर्खेत ल्याईँदै



काठमाडौं : कात्तिक २२, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दुर्घटनामा परेका छन् । शनिबार (आज) हुम्लाको सिमिकोटमा घोडाबाट लडेर मुख्यमन्त्री शाही दुर्घटनामा परेका हुन् । उनी समिकोटस्थित जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा घोडाबाट लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । मुख्यमन्त्री शाहीको उपचारका लागि सीता एयरको हेलिकोप्टरबाट सुर्खेत ल्याइदै गरेको जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !