१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चीनले विश्वको पहिलो ६ जी नेटवर्कसहितको सेटलाईट अन्तरिक्षमा पठायो



एजेन्सी : कात्तिक २३, संसारमा ५ जी नेटवर्क कही कतै पनि पूर्ण रुपमा पहुँच छैन तर चीनले विश्वालाई चकित पार्ने गरी गएको साताको शुक्रबार ६ जी नेटवर्कसहितको सेटलाईट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । एसियाली महाशक्तिले यस हप्ता विश्वको पहिलो ६ जी उपग्रह प्रविधिको परीक्षण गर्न अन्तरिक्षमा प्रक्षेपण गरेको हो । छटौं पुस्ताको दूरसञ्चार टेक्नोलोजी सहितको प्रयोगात्मक उपग्रह शुक्रबार चीनको उत्तरी शांक्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट पृथ्वीको कक्षामा पठाएको थियो । उपग्रह ट वाहक रकेटमा १२ अन्य स्याटेलाइटहरूसहित उपग्रहलाई अन्तरिक्षमा लगिएको थियो।

अत्याधुनिक उपग्रह चीनको इलेक्ट्रोनिक विज्ञान र टेक्नोलोजी विश्वविद्यालयको नाममा राखिएको छ। यो अन्तरिक्षमा ६ जी फ्रिक्वेन्सी ब्यान्डको प्रदर्शन प्रमाणित गर्न प्रयोग हुनेछ। जबकि ५ जी टेक्नोलोजी अझै पनि यसको बाल्यावस्थामा रहेको विश्वास गरिन्छ । या ५ जी भन्दा १०० गुणा बढी छिटो चल्ने विश्वास गरिएको छ । उपग्रहले अप्टिकल रिमोट कन्टोल प्रणाली कमर्फत् बाढी प्रकोपहरूका लागि अनुगमन गर्न सहयोग पुग्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !