१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लकडाउनमा किनेका गाडी सम्बन्धित कार्यालयले नबुझेपछि अन्यत्र बुझाउँदै पशु सेवा विभाग



काठमाडौं : कात्तिक २४, देश कोरोना कहरले आक्रान्त बनेको र लकडाउनका कारण देशनै क्वारेन्टाईन रहेको बेला २ करोड बढी मुल्यका गाडी किनेर विवादित बनेका कृषि मन्त्रालको मातहतमा रहेको पशुसेवा विभागका महानिर्देशक (डिजी) बंशी शर्माले पूराना गाडीलाई दुग्ध संस्थान (डीडीसी) लाई हस्तान्तरण गर्ने तयारी गरेका छन् । निक्कै विवादित बनेका शर्माले लकडाउनमा राम्रै कण्सिनका गाडीलाई थन्काएर बा २ ज ५२५२, बा २ ज ५२५५ , बा २ ज ५२५६, बा २ ज ५२५७ र बा २ ज ५२५८ नम्बरका २ करोड बढी मुल्यका ५ वटा गाडी खरिद गरेपछि पशुसेवा विभागमा बबण्डर मच्चिएको थियो ।

लकडाउनको मौका छोपेर २ करोड बढीका गाडी खरिद गरेपछि कार्यालयमा प्रयोग गरिदैँ आएका गाडी पशुसेवा विभागमा थन्किएका थिए । ती थन्किएका गाडी अहिले डीडीसीलाई दिन थालेको पशुसेवा विभागमा चर्चा चलेको छ । त्यस्तै डीजी शर्माले चितवनमा क्वारेण्टाईनका गाडीलाई पशुसेवा विभागको मातहतमा रहेको ल्याबलाई दिएका छन् । जसमा मोटो रकम हिनामिना भएको पशुसेवा विभाग भित्रै गाँईगुई चलेको छ । यो बिषयमा समाजवाद डटटिभीले बुझ्न खोज्दा डिजी शर्माको ९८५१०६७३८७ फोन उठेन । त्यति मात्रै होइएन, मंसिरमा अवकास हुनु भन्दाअघि नै डिजी शर्माले विभिन्न चलखेल शुरु गरेका छन् । जनकपुर र हेटौडा माछाबाट मोटो कमिसन लिएको पशुसेवा विभाग स्रोतको दाबी छ ।

रोजगारी गुमेर सर्वसाधारण जनता दुई छाक टार्न नसकेर सकस थिए, तर डिजी शर्माले आफुले प्रयोग गर्नका लागि बा २ ज ५२५२ नम्बरको लक्जरी गाडी खरिद गर्नुका साथै क्वारेन्टाईनका लागि थप ४ वटा गाडी खरिद गरेपछि उनको चर्को आलोचना भएको थियो । भने अवकास हुनुभन्दा पहिले नै आर्थिक चलखेल गर्न विभिन्न शंकास्पद प्रयत्न गरिरहेको पशुसेवा विभाग स्रोतको दाबी छ । त्यस्तै डिजी शर्माले पशु सेवा विभागको गाडी आफ्नो श्रीमतीलाई प्रयोग गर्न दिएको र काठमाडौंमा आलिसान महल कसरी ठड्याए भन्दै उनीमाथि प्रश्न खडा भएको पशुसेवा विभागका एक अधिकृतले समाजवादसँग भने ।


प्रतिक्रिया दिनुहोस !