१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा १४२८ सहित देशभर २५७१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ५९ हजार ७२४ जना संक्रमणमु क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस !