१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानद्धारा दार्चुलाको नौगाडमा राहत सामग्री वितरण



दार्चुला- ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानले पनि नौगाड गाउँपालिका वडा नम्बर-२ गोधानीका अंगबीर सिंह ठगुन्नाको परिवारलाई राहत सामग्री वितरण गरेको छ । हाम्रो नेपाल हामी नेपाली अभियान सुदूरपश्चिम प्रदेशका संयोजक हिरासिंह बोहरोको संयोजकत्वमा देश तथा विदेशमा रहेकाहरुबाट संकलन गरिएको रकमबाट सामग्री खरिद गरि वितरण गरिएको अभियानका जिल्ला संयोजक एवं केन्द्रिय सदस्य नरेन्द्र सिंह धामीले बताउनु भयो ।

बाढी पहिरो पीडित ठगुन्नाको परिवारलाई भान्साका सामग्रीहरु, ओड्ने ओछ्याउने र खानेपानी जम्मा गर्ने ड्रम लगायतका सामग्री वितरण गरिएको हो । अभियानका नौगाड संयोजक महेन्द्र सिंह धामीको संयोजकत्वमा राहत सामग्री वितरण गरिएको हो । हाम्रो नेपाल हामी नेपाली अभियानले यसअघि पनि जिल्लाका विभिन्न स्थानीय तहका बाढी पहिरो पीडित परिवारलाई नगद राहत समेत वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !