१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रौतहटमा अफिमसहित २ जना पक्राउ



रौतहट : कात्तिक २५, रौतहटस्थित प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलसहिया जाने बाटोमा चेकजाँच गर्दा लागूऔषध अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

सर्लाहीको बागमती तर्फबाट बाराको निजगढ न.प.वडा नं. ७ भवराटोल बस्ने अं।बर्ष २३ को सोम बहादुर लामाले चलाई ल्याएको ना १६ प ७८२५ नं. को डिस्कभर मोटर साईकल रोकी चेकजाँच गर्दा सो मोटर साईकलमा पछाडी सवार रहेका जिल्ला सर्लाही बागमती न.पा.वडा नं.१२ बागमती वस्ने अ.बर्ष ३० को दिल बहादुर थिङ्गले पोलिथिन झोलामा लागूऔषध अफिम १ किलो ८०० ग्राम बरामद भएको डिएसपी शाहीले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका दुबैजना नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !