१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्यालेस्टाइनका राजनीतिज्ञ तथा वार्ताकार साएब एरिकाटको कोरोना संक्रमणबाट मृत्यु



एजेन्सी- कोराेना भाइरसको संक्रमणबाट प्यालेस्टाइनका प्रभावशाली राजनीतिज्ञ तथा प्यालेस्टाइन लिबरेशन संगठन (पीएलओ)का प्रमुख वार्ताकार साएब एरिकाटको मृत्यु भएको छ। ६५ वर्षीय एरिकाट प्यालेस्टाइनका तर्फबाट एकजना प्रभावशाली व्यक्ति थिए। जसले लामो समयदेखि इजरायलसँग हुने वार्ताको नेतृत्व गर्दै आएका थिए।

उनले दिवंगत प्यालेस्टिनी नेता यासेर अराफात र वर्तमान राष्ट्रपति महमूद अब्बासका वरिष्ठ सल्लाहकारको रुपमा पनि काम गरेका थिए। उनी सन् १९९१ देखि इजरायल र प्यालेस्टाइनबीच हुने हरेक वर्तामा सहभागी हुँदै आएका थिए। उनी इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानको पक्षमा लामो समयदेखि वकालत गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !