१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली काङ्ग्रेस, भारत र पश्चिमा मिलेर चीनले सीमा मिचेको अफवाह फैलाए



काठमाडौं : कात्तिक २६, नेपाली कांग्रेसले भारत र पश्चिमाहरुसग मिलेर चीनले नेपालको सीमा मिचेको भनेर ‘मिथ्या रिपोर्ट’ बनाइ अफवाह फैलाएको बताएको छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले केही नेपाली विज्ञहरुलाई समेत उल्लेख गरेर लामो रिपोर्ट प्रकाशित गरेको छ । ‘प्रो–इन्डियन पार्टीको ट्याग लागेको प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसलाई यो हल्ला फैलाउने मुख्य संस्थाको रुपमा लिइएको छ ।’
विभिन्न व्यक्तिहरुलाई उल्लेख गर्दै रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए र पछि नेपाली कांग्रेसले त्यसलाई अपनत्व समेत लिएको थियो ।
शाहीको सो भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतलाई उल्लेख गर्दै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पनि सो पत्रिकाले उल्लेख गरेको छ ।
नेपाली विज्ञहरुलाई उल्लेख गर्दै ग्लोबल टाइम्स लेख्छ, ‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो मुलुक हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।’ केही दिन अगाडि बेलायतको प्रसिद्ध पत्रिका दि डेली टेलिग्राफले चिनियाँ सेना नेपाली भूभागमा आएर सैन्य आधार नै बनाउन लागेको समाचार प्रकाशित गरेपछि चीन आक्रोशित भएको छ ।


प्रतिक्रिया दिनुहोस !