१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लोक सेवा आयोगद्वारा करिब ३०० प्राविधिक पदकालागि विज्ञापन आह्वान (सूचनासहित)



काठमाडौँ : कात्तिक २६, लोक सेवा आयोगले निजामती सेवा तर्फ प्राविधिकलगायत करिब ३०० पदका लागी विज्ञापन खोलेको छ। लोकसेवा आयोगले बुधबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको छ। ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिने लोकसेवा आयोगले जनाएको छ ।

दरखास्तको अन्तिम म्याद मंसिर १६ गतेसम्म रहेको छ। तर परीक्षाको मिति भने तय नगरिसकेको लोकसेवा आयोगले जानकारी दिएको छ ।

निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लागु नहुने लोकसेवा आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !