१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

देशभर कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो



काठमाडौं- आजदेखि देशभर कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !