१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दार्चुलाबाट महेन्द्रनगरको लागि छुटेको बस बैतडीमा दुर्घटना, ९ जनाको मृत्यु



दार्चुला– दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बस बैतडीमा दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने अहिले सम्म मृतक मध्ये ७ जनाको पहिचान खुलेको छ।

आठ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द रहेका छन्। त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न सकेको छैन । मृतक मध्ये एक जनाको शव डडेल्धुरा अस्पताल र बाँकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेलाई भने धनगढी रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !