१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लेकमको गाउँपालिकाको वडा कार्यालयमा युवाहरूले गरे तालाबन्दी



दार्चुला : कात्तिक २८, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा युवाहरूले तालाबन्दी गरेका छन् । लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा सडक निर्माणको क्रममा भत्किएको सहिद गेट तत्काल निर्माण गरिनुपर्ने माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरिएको दीपक बिष्टले जानकारी दिए ।

यस अघि वडा कार्यालयलाई सहिद गेट निर्माणको लागी दुई पटक सम्म निवेदन दिदा समेत कुनै सुनुवाई नभएको भन्दै सहिद परिवार र स्थानीयहरुको गुनासो छ । गत आर्थिक वर्षको मिति २०७६ असार १४ गते सबैको सहमति अनुसार ३५ जनाको हस्ताक्षर सहित वडा कार्यालयलाई सहिद गेट निर्माणको जिम्मा दिएको थियो ।

गत असोज ९ गते पनि स्थानीयहरुले २४ दिने अल्टीमेटम सहित गेट निर्माण गर्न वडा कार्यालयलाई निवेदन दिएका थिए । तर वडा कार्यालयले सहिद गेट निर्माणमा कुनै चासो नदेखाएको र पटक पटक आग्रह गर्दा समेत कुनै वास्ता नगरेकोले वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय बिष्टले बताए ।


प्रतिक्रिया दिनुहोस !