१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका सुनिल थापाले पाए सहमहामन्त्रीको जिम्मेवारी



काठमाडौं : कात्तिक २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडी कांग्रेसमा प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो । थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसले जानकारी दिएको छ । केन्द्रीय सदस्यमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टि.एन. योगी, दिलीप राई रहेका छन् भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् । राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !