१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओली बुर्जुवा अराजकतावादी र निरंकुश सामन्तवादी : प्रचण्ड



काठमाडौं : कात्तिक २८, सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चलिरहेका बेला शुक्रबार लामो समयपछि बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुर्जुवा अराजकतावादी व्यक्तिवाद र निरंकुश सामन्तवादी भएको संगिन आरोप लगाएका छन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको शुरुमा देश र पार्टीको चित्रण गरेका प्रचण्डले देश र पार्टी संकटमा फसेको भन्दै त्यसको दोषी ओली रहेको बताएको छ । सरकारको नेतृत्वले पार्टीको राजनीतक कार्यक्रम तथा घोषणा पत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरुको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा चुनौति देखा पर्न थालेको र यस्तो स्थिति क्षम्य हुन नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डले पार्टी र सरकारबीच तालमेल नभएको, पार्टीले सत्ता चलाउनुपर्नेमा सत्ताले पार्टी चलाउने जस्तो उल्टो भइरहेको, भन्दै यी गम्भीर र जटिल समस्याहरुको सामना अब स–साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्ना असम्भव रहेको बताएका छन्। यसका निमित्ति वैचारिक–राजनैतिक कार्यादिशशा, संगठनात्मक विधि–पद्धति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समिक्षासहित निकास खोज्नु आवश्यक रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘यस्तो अवस्थामा आउनुमा पार्टी र सरकार दुबैको मुख्य नेतृत्व गरिरहका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी, एकदाधिकारवादी सोच र कार्यशैली जिम्मेवार छन्। ओलीमा रहेको यो प्रवृतिको चिरफार गर्नुआवश्यक छ।’ ओलीको सोच र कार्यशैली कम्युनिष्ट आचरणको नभएर ओलीमा बुर्जुवा अराजकतावादी व्यक्तिवाद र निरंकुश सामन्तवादी प्रवृति हाबी भएको टिप्पणी गरिएको छ। आफूसँग असहमत हुनेलाई राजकीय पदको प्रयोग गरी किनारा लगाउने कामसमेत ओलीले गरेको प्रतिवेदनमा आरोप लगाइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘चरित्र हत्या जस्ता घृणित काम गर्नु भयो।’

प्रतिवेदनमा सरकारबारे पनि समीक्षा गरिएको छ। सरकारले पार्टीको घोषणा पत्रअनुसार काम नगरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘तत्काल हुने कामभन्दा नहुने काममा लागेर लोकप्रिय हुने चाल गर्नु भयो। क्याविनेटममा मन्त्रीहरुलाई प्रशिक्षण दिन थाल्नु भयो। भ्रष्टाचारमा आरोपितलाई आफै बचाउन लाग्नु भयो। वाइड बडी विमान प्रकरण, ७० करोड घुस मोलमोलाई प्रकरण, चिनिको मूल्य घोटाला, राजश्वको दर चुहावट प्रकरणमा दोषीलाई कारबाहीको दायरमा ल्याउने भन्दा बचाउने काम भयो। १८ पृष्ठ लामो प्रतिवेदनको निश्षर्कमा लेखिएको छ, ‘म आशा गर्दछुकि कमरेड केपी ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविवधान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित समुचित योगदान गर्नुहुनेछ।


प्रतिक्रिया दिनुहोस !