१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमणबाट विश्वभर १३ लाख बढीको मृत्यु



एजेन्सी : कात्तिक ३०, विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर कोभिड–१९ का कारण १३ लाख ११ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा दुई लाख ४५ हजार ६०० बढिको कोभिड–१९ बाट मृत्यु भएको छ । ब्राजिलमा एक लाख ६५ हजार ६५८, भारतमा एक लाख २९ हजार ६३५ तथा बेलायतमा ५१ हजार ८५८ जनाको ज्यान गएको छ ।

विश्वभर कुल संक्रमितको संख्या पाँच करोड ३९ लाख २९ हजार सात सय भन्दा धेरै पुगेको छ । अमेरिकामा सबैभन्दा धेरै एक करोड ९ लाख चार हजार भन्दा धेरै तथा भारतमा ८८ लाख १४ हजार भन्दा बढि संक्रमित भएका छन् । यसैगरि ब्राजिलमा ५८ लाख ४८ हजार, फ्रान्समा १९ लाख १५ हजार, रुसमा १८ लाख ८७ हजार, स्पेनमा १४ लाख ५८ लाख, बेलायतमा १३ लाख ४७ हजार, अर्जेन्टिनामा १३ लाख चार हजार, कोलम्बियामा ११ लाख ९१ हजार, इटालीमा ११ लाख ४४ हजार तथा मेक्सिकोमा १० लाख तीन हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !