१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अमेरिकालाई झट्का : संसारको सबैभन्दा ठूलो व्यापार क्षेत्रका १५ देशहरुको बीचमा (RCEP) सम्झौता



एजेन्सी : कात्तिक ३०, आइतबार संसारको सबैभन्दा ठूलो खुला व्यापार क्षेत्र ओगट्ने गरी एसिया प्रसान्त क्षेत्रका चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्डलगायतका १५ देशहरुले बृहत क्षेत्रीय आर्थिक साझेदारी सम्झौता (RCEP) मा हस्ताक्षर गरेका छन् । अमेरिकाले संरक्षणवादी व्यापार पद्धति अपनाउन थालेपछि दक्षिण एसियाली राष्ट्र (आसियान) र चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्डसहितका देशहरुले बृहत क्षेत्रीय व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका देशहरु अमेरिकाका व्यापारिक तथा सैन्य साझेदार देश हुन् । यो सम्झौतामा पूर्वी एसिया प्रसान्त क्षेत्रका विकसित, विकासशील र कम विकसित अर्थतन्त्रहरूको विविधता समावेश रहेको छ ।यो क्षेत्रले करिब २.२ अर्ब जनसंख्या (विश्वको ३० प्रतिशत) र २६.२ ट्रिलियन अमेरिकी डलर बराबरको जीडीपी र २८ प्रतिशत व्यापारको हिस्सा ओगट्ने चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।

यो सम्झौताले आर्थिक सुधार, समावेशी विकास, रोजगारी सृजना र क्षेत्रीय आपूर्तिलाई सुदृढीकरण गर्नका साथै खुला, समावेशी, नियममा आधारित व्यापार र लगानीको व्यवस्थालाई समर्थन गर्ने दृढ प्रतिबद्धता रहने सम्मेलनमा सहभागी नेताहरूले भने। त्यस्तै मात्र एक ऐतिहासिक उपलब्धिको पूर्व एशियाली क्षेत्रीय सहयोग, एक र बहुपक्षीय खुला व्यापारको विजय भएको चिनियाँ प्रधानमन्त्री ली केकियांगले प्रतिक्रिया दिए । उता चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाईम्सले यो सम्झौताले पूर्वीएसिया प्रशान्त क्षेत्रमा अमेरिकी प्रभुत्वको अन्त्य गर्ने दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !