१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अफगानिस्तानमा बाँकी तालिबानसँगको शान्ति-सम्झौतालाई बिइडेनले के गर्लान् ?



काठमाडौं : मंसिर १, अफगानिस्तानी राष्ट्रपति असरफ घानी र अन्य सांसदहरूले आग्रह गरेका अमेरिकी नयाँ राष्ट्रपति जोई बिडेनसँग ट्रम्प प्रशासनसँग भएको शान्ति वार्ताको समीक्षा गर्न आग्रह गरेका छन् । तत्कालीन अमेरिकी राष्ट्रपति उम्मेदवार जोई बिडेनसँग चुनाव अघि अफगानिस्तानी सरकारसँगको भेटघाटमा एक रणनीतिक साझेदारी अन्तर्गत नयाँ अमेरिकी नेतृत्वलाई सो सम्झौताप्रति सचेत रहन आग्रह गरेको थियो । अमेरिका र तालिबानको बीचमा गत बर्षको सेप्टेम्बरमा हिंसा रोकेर युद्ध बिराम गर्ने सहमतिको शुरुवात अहिले पनि चलिरहेकै छ । सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेनाफिर्ता लैजाने प्रक्रिया शुरु भईसकेको छ । त्यस्तैगरी यस वर्ष फरवरीमा ज्पक्षीय दोहा सम्झौता हस्ताक्षर भएको थियो । जसअनुसार सन् २०२१ सम्म सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछन् । साथै तालिबानले पनि आक्रमण रोक्ने छ ।

अफगानिस्तानी राष्ट्रपति असरफ घानी

दोहा सम्झौता अनुसार सबै विदेशी सेना फिर्ता हुनु प्रमुख मुद्दा रहेको छ । अफगानिस्तामा दुई दशक पुरानो संघर्ष अन्त्य गर्न द्वारा ट्रम्प प्रशासनद्धारा गरिएको दोहा सम्झौताको अमेरिकी साझेदारहरुले आलोचना गरिरहेका छन् । नयाँ अमेरिकी राष्ट्रपतिलाई बधाई दिँदै अफगानी राष्टपति असरफ घानीले अफगानिस्तानसँग बहु पक्षीय रणनीतिक साझेदार अमेरिकालाई आतंकवाद प्रतिरोधी जारी राख्न र अझ बढाउन सहयोग हुने आशा रहेको बताए । अफगानी सांसदहरुले नयाँ राष्टपतिले नयाँ मेकानिजम बनाउने र त्यसले तालिबानलाई हमला गर्न सहज हुने आशा व्यक्त गरे । दक्षिण जुबल प्रान्तका सांसद हमिदुल्लाह टोखीले ट्रम्प प्रशासनले गरेको विश्वासघात (अमेरिका र तालिबान सम्झौता) लाई बिडेनले अनुसरण नगर्ने आशा व्यक्त गरे । जबकी तालिबानले नयाँ अमेरिकी नेतृत्वले ट्रम्प प्रशासनले गरेको सम्झौताको कार्यान्वयन गरेर अफगानिस्तानमा शान्ति स्थापना हुने बताउँदै आएको छ ।

तालिबानले अफगानिस्तानी सरकारलाई एक अमेरिकी कठपुतली भएको बताउँदै आएको छ तर काबुलले डोनाल्ड ट्रम्पको दबाबमा लगभग दुई वर्ष लामो शान्ति वार्तामा हस्ताक्षर गरिसकेको छ । दोहा सम्झौतामा अफगानिस्तानको कुनै भूमिका नै छैन । काबुलले अमेरिकी दबाबमा हस्ताक्षर गरेको थियो । जसअनुसार हिरासतमा रहेका ५ हजार तालिबानी लडाकुलाई साटासाट गर्न अफगानिस्तान अनिच्छुक रहेको छ । जसकारण तालिबान क्रुद्ध बनेको छ । उसले दोहा सम्झौता लागु हुन पर्ने बताउँदै आएको छ । ट्रम्प प्रशासनको दबावपछि तालिबानले हिंसा अन्त गर्न अफगानिस्तानी सेनामाथि आक्रमण रोकेको छ । जुलाई १५ सम्म ८६०० अमेरिकी सेना फिर्ता लिने ट्रम्प प्रशासनले घोषणा गरेको थियो । बिडेनले अफगानिस्तानमा सेना उपस्थिति राख्ने संभावना कम छ । अफगान सरकारको आग्रह अमेरिकासँग गरिएको दोहा सम्भौताका कारण प्रतिआतंकवाद हमलालाई बर्जित गरेको छ ।

अमेरिका र तालिबानको बीचमा गत बर्षको सेप्टेम्बरमा भएको दोहा सम्झौता

यदि बाँकी रहेको शान्ति प्रक्रिया अघि नबढाए त्यसको प्रतिक्रियामा तालिबानले नियन्त्रण गर्ने अनुमानित ७० प्रतिशत इलाकामा अमेरिकी सेनामाथि तालिबानी आक्रमण हुन सक्छ । बस्तुत यी घटनाक्रमहरूले दोहा सम्झौताको उल्लंघन हुनेछ । त्यसकारण घानी अफगानिस्तान सरकारले दोहा सम्झौताभंग गराउन बिडेन प्रशासनसँग आग्रह गर्ने छ । जसले एक विशाल धन, मानव संसाधनको क्षती हुने छ । अफगानिस्तान मामिलामा दशकौँदेखि रहेको अमेरिकी सहभागिताको अन्त्य गर्न वा दोहा सम्झौतामा नाटकीय परिवर्तनको संभावना नरहेको विश्लेषकहरु बताउँछन् । विडेनले दोहा सम्झौतामा सहभागी जेलमे खलिल्जादलाई दोहा सम्झौता कार्यान्वयनलाई निरन्तरता दिन भनेका थिए ।

बिषयवस्तुलाई महत्वपूर्ण ठानी द न्यु अरबबाट नेपालीमा भावानुवाद गरिएको हो । (सम्पादक)


प्रतिक्रिया दिनुहोस !