Saturday, January 18, 2025

ट्रेन्डिङ :

अमेरिकामा एक हप्तामै १० लाख नयाँ कोरोना संक्रमित थपिए

spot_img
spot_img
spot_img

एजेन्सी- अमेरिकामा एक हप्तामै १० लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड १० लाख ३७ हजार भन्दा बढि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट दुई लाख ४६ हजार दुई सय भन्दा धेरैको ज्यान गएको छ । पछिल्लो ८ दिनमा १० लाख संक्रमित थपिएका हुन् । महामारी सुरु भएयता सबैभन्दा छिटो १० लाख संक्रमित थपिएका हुन् । कुल संक्रमितको संख्या ९० लाखबाट एक करोड पुग्न १० दिन लागेको थियो । यस्तै ८० लाखबाट ९० लाख संक्रमित पुग्न १६ दिन लागेको थियो ।

पछिल्लो ११ दिनमा दैनिक लगातार एक लाख भन्दा धेरै संक्रमित थपिँदै आएका छन् । पछिल्लो सात दिनको औषत हेर्दा दैनिक एक लाख ४४ हजार भन्दा बढि संक्रमित भएका छन् भने दैनिक औषतमा ११ सय २० जनाको ज्यान गएको छ । अमेरिकामा सबैभन्दा बढि प्रभावित हुने राज्य टेक्सास र क्यालिफोर्निया हुन् । ती राज्यमा झण्डै २१ लाख संक्रमित छन् । पछिल्ला दिनमा अस्पताल भर्ना हुनु पर्ने संक्रमितको संख्या दैनिक ६० हजार भन्दा बढि रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?