१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

देशभर ११९७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन् । हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस !