१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

धौलागिरी अस्पतालमा एकआपसमा शरीर जोडिएका शिशु जन्मे



बागलुङ- धौलागिरी अस्पताल बागलुङमा शरिर जोडिएका दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ बर्षिय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिनुभएको हो ।
पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले विहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्सदेवी भट्टराईले जानकारी दिनुभयो ।

शिशुहरू जन्मदै मृत्त भएपनि आमाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पुर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाई छ । ‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भन्नुभयो–‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उहाँ अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनु भएको छ । यस शरीरका अङ्ग जाेडिएका बालबालिका जन्मने घटना चिकित्सा विज्ञानमा विरलै हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस !