१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पार्टी विभाजन रोक्न चिनियाँ राजदूत यान्छी र राष्ट्रपति भण्डारीको तीब्र दौडधुप



काठमाडौं : मंसिर ३, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भित्रको किचलो चरमोत्कर्षमा पुगेपछि विभिन्न कुटनीतिक नियोगहरु सक्रिय भएका छन् । सत्तारुढ नेकपाको गत शुक्रबारबाट सुरु भएको सचिवालय बैठकपछि विवाद चरमोत्कर्षमा पुगेको बेला चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा करिब २ घण्टा छलफल गरेकी थिईन । अध्यक्ष ओलीले बैठक सार्ने या बैठकमै सहभागी नहुने चेतावनी दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीदेखिले पनि सक्रियता बढाईकी छन् । गत शुक्रबबार बसेको नेकपा सचिवालय बैठकले सहमतिमै आज दिउँसो १ बजेका लागि अर्को बैठकको मिति तय गरेको थियो । तर, बैठकमा पेश भएको प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष ओली पक्षको अडान र प्रस्ताव फिर्ता नलिने प्रचण्डपक्षको अडानका बाबजुद आजका लागि बोलाइएको बैठक के हुन्छ रु भन्नेमा नेकपाका नेता कार्यकर्तामै अन्योल छाएको छ ।

बुधबार बस्ने भनिएको नेकपा सचिवालय बैठकअघि मंगलबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन् । त्यस्तै नेपालका लागि चिनियाँ राजदूत चिहोउ यान्छीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई पनि मंगलबारै भेट गरेकी छन् । ती भेटवार्तामा राजदूत यान्छीले नेकपाभित्रको राजनीतिबारे चासो राखेकी थिइन् । केही महिना अघि सत्तारुढ पार्टी भित्र सघन विवाद पार्टी फुटको संघारमा पुगेको बेला राजदूत यान्छीले टालटुल पार्न सफल भएकी थिईन् ।

उता राष्ट्रपति भण्डारीले दुवै नेतासँग भेटेर पार्टीभित्रको संकट समाधान दुई अध्यक्षको मिलनबाटै हुने सन्देश दिएको बताईन्छ । राष्ट्रपति भण्डारीले त प्रचण्डसँगको भेटमा सचिवालयमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिन र ओलीसँग सहकार्य गरेर जान नै सन्देश दिएको बताईन्छ । त्यस्तै सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरुको दौडधुप पनि सोमबारदेखि नै जारी छ । खासगरी, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी लगायत नेताहरूले ओली र प्रचण्डसँग निरन्तर संवाद गरेका छन् ।

सत्तारुढ नेकपा उच्च स्रोतका अनुसार पार्टी एकता गरेका दुई नेताबीच नयाँ र उच्च समझदारीस्वरुप केही दिनयताका उच्चस्तरीय भेटघाट भएका हुन् । त्यसमा मध्यस्थकर्ताको भूमिका राष्ट्रपति भण्डारीले गरिरहेकी छन् । भने चिनियाँ राजदूतहोउ यान्छीले पनि नफुट्न आग्रह गरेको बताईन्छ । बीचमा नयाँ र उच्चस्तरको समझदारी हुन्छ । अहिलेको परिस्थिति त्यता गइरहेको छ ।’ त्यो समझदारी के हो भन्ने उक्त स्रोतले नखुलाएपनि त्यो समझदारीले राष्ट्र, नेकपा, संविधान र गणतन्त्रका लागि पनि पोजेटिभ नतिजा ल्याउने दावी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !