१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आनन्दराज खनाल इन्टरनेट गभर्नेन्स फोरम सदस्यमा नेपालबाट तेस्रो पटक नियुक्त



काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल यसअघि लगातार दुई कार्यकाल म्यागको सदस्य रहे पनि पुन: तेस्रो कार्यकालका लागि पनि इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ)को मल्टी-स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग) मा नेपालको तर्फबाट फेरी नियुक्त भएका छन् ।

आईजीएफ संयुक्त राष्ट्र संघ अन्तर्गतको इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित सार्वजनिक नीतिका विषयमा छलफल गर्ने फोरम हो, जहाँ इन्टरनेटको क्षेत्रमा काम गर्ने विभिन्न देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज र प्राविधिक समुदायबाट सदस्य नियुक्त गरिन्छ । खनाललाई पुन संयुक्त राष्ट्रसंघ महासचिवको तर्फबाट शनिबार २०२१ का लागि म्याग सदस्यमा चयन गरिएको हो ।

म्यागको प्रमुखमा दक्षिण अफ्रिकाका एस्टरहाइजिन एनरियट पुनः नियुक्त भएका छन् । यसपटक म्यागमा १५ नयाँ सदस्य सहित कुल ४० सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !