१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पार्टीमा बबण्डर मच्चाउँदै आएका ओलीले प्रचण्डको काउण्टरमा छुट्टै प्रस्ताव ल्याउने



काठमाडौं : मंसिर ३, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । आज बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएका हुन् । अगामी मंसिर १३ गते बस्ने बैठक सचिवालय बैठकमा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !