१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

देशभर आज २१०३ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २५ हजार ३४७ जना होम आइसोलेसनमा छन् भने ३८० जनाको आईसीयू र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !