१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा विरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोगमा आज विशेष अदालत, बबरमहलमा मुद्दा दायर गरेको छ । फर्म दर्ताको प्रमाणपत्र सम्बन्धि काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार अनुसन्धान आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।

उनलाई बिगोअनुसारको कारवाहीको माग गर्दै अख्तियार अनुसन्धान आयोगद्वारा मुद्दा दायर गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !