१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जनताको सेवा गर्न भनि भोट दिएर जिताएका वडाध्यक्षले नै भगाए अर्काको श्रीमती



सल्यान- सल्यान जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईका दुईटा श्रीमती घरमा हुँदाहुँदै अर्कैकी श्रीमती लिएर कुलेलम ठोकेकाछन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।

दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार यसअघिका श्रीमतीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।


प्रतिक्रिया दिनुहोस !