१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं उपत्यकामा ९५७ सहित देशभर १६६९ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं- पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ७७३, ललितपुरमा १३१, भक्तपुरमा ५३ रहेका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !