१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सत्तारुढ नेकपाका चौरासियाको हत्याका मुख्य योजनाकार पक्राउ



काठमाडौं : मंसिर ८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मुकेश चौरासियाको हत्यामा संलग्‍न मुख्य अभियुक्तलाइ पक्राउ परिएको पर्सा प्रहरीले जनाएको छ । पर्साका स्थानीय नेता चौरासियाको गत कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका ५ प्रसौनीभाठामा नेकपाको गाँउपालिका कमिटीद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई गुटबीच झडपका क्रममा हत्या भएको थियो ।

हत्या अभियोगमा पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भनिने अशेसर प्रसाद चौरसिया रहेको प्रहरीले जनाएको छ । उनलाई वीरगञ्‍ज महानगरपालिका–२५, अली सिर्सियाबाट पक्राउ गरिएको हो । हाल हिरासतमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

झडपका क्रममा एक जनाले अर्कालाई बाँसको भाठाले प्रहार गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुकेशको उपचारका क्रममा कात्तिक ७ गते मृत्यु भएको थियो । घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले विज्ञप्ति नै जारी गरेर कारवाही अघि बढाउन माग गरेका थिए । यसअघि पनि केही व्यक्तिलाइ पक्राउ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !