१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागे : ओली



ताप्लेजुङ, मंसिर ८, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै प्रधधानमन्त्री ओलीले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताए । सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको ओलीले दाबी गरे । प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भएको भन्दै सरकार परिवर्तनको हल्ला निराधार भएको पनि बताए ।

पछिल्लो समय लोकतान्त्रिक प्रणालीविरुद्ध नै प्रहार भइरहेको पनि बताए । त्यस्तै उनले भारतद्वारा मिचिएको नेपालको भूमि फिर्ता लिने, छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै लैजाने पनि बताए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस !