१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पछिल्लो २४ घण्टामा १९८० जना कोरोना संक्रमित थपिए



काठमाडौं : मंसिर ८, नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् । यो सँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १ हजार ७ जना संक्रमित फेला परेका छन् ।

जसमा ४ सय ५४ महिला र पुरुष ५ सय ५३ रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ । योसंगै काठमाडौंमा ८३ हजार ८ सय २५ जना, ललितपुरमा १२ हजार ३ सय ८७, भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !