Friday, January 24, 2025

ट्रेन्डिङ :

डडेल्धुरामा प्रतिबन्धित विप्लव नेकपाको तीब्र संगठन बिस्तार

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर ९, शसस्त्र युद्धको बेला तत्कालिन नेकपा (माओवादी) को आधार इलाका मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तारमा तिब्रता लिएको छ । सो पार्टीको सातौं पुर्नगठन दिवसका अवसरमा भित्रिमधेस क्षेत्रको आलिताल गाँउपालिकामा सोमबार कार्यक्रमको सम्पन्न गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले मंगलबारदेखि युवा संगठन नेपालको संगठन बिस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिरहेको जिल्ला सेक्रेटरी टिका रानाले जानकारी दिए ।

‘प्रतिबन्धित अवस्था भएपनि उत्साहजनक ढंगबाट पार्टीका गतिविधीहरु सञ्चालन भइरहेको नेता रानाले बताए । पार्टीको भातृ संगठन युवा संगठन नेपालको संगठन सुदृढीकरण तथा विस्तारका क्रममा असमाजिक गतिविधी, आर्थिक अनियमितता र राज्यसत्ताको आँडमा भइरहेका अवान्छनीय क्रियाकलापहरुको भण्डाफोर गरिने र गलत कार्यमा संलग्न व्यक्ति, निकाय र संस्थाबिरुद्ध जन कारबाही गरिने ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा संगठन समितिले जनाएको छ ।

सरकारले प्रतिबन्धित नेकपाका गतिविधीहरु कडाईका साथ नियन्त्रण गर्न निर्देशन गरे अनुसार भित्रिमधेस क्षेत्रमा प्रमुख सुरक्षा चु्नौतीका रुपमा रहेको सो पार्टीका गतिविधी नियन्त्रण गरिने र त्यस्ता क्रियाकलापमा संलग्न नेता कार्यकर्ताहरुलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?